२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’
अ अ+ अ-

काठमाडौँ । “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण, पवित्र र अलौकिक स्थल हो यसको भ्रमणका लागि जोसुकैका लागि पनि कम्तीमा दुई हप्ता चाहिन्छ ।”   

चिनियाँ बुद्धिस्ट एसोसियसनको पहिलो अन्तरराष्ट्रिय सदस्य सि चोङ योङले लुम्बिीको महत्वबारे यसरी बयान गरिरहँदा उहाँको मुहारमा खुशी थिएन । एकैछिनमा उहाँले भन्नुभयो “तर के गर्नु, यहाँ पूर्वाधार नै छैनन् । भ्रमणका लागि ठूलो सङ्ख्याका चिनियाँ यहाँ आउन निकै इच्छुक छन्, यहाँ आएर बौद्ध दर्शन, गौतम बुद्धको जन्मस्थल र यससँग जोडिएका धेरै कुराहरुको अध्ययन गर्न पनि चाहन्छन् तर उनीहरुलाई बस्ने राम्रा र ठूला होटलहरु नै यहाँ छैनन्, हाल उपलब्ध संरचनाहरु पर्याप्त छैनन् ।”
 
उहाँले भन्नुभयो “चीनमा त एउटै होटलमा सयौँ कोठा हुन्छन्, ठूलो सङ्ख्याका पर्यटक अटाउँछन् । तर यहाँका होटलहरु पनि साना साना छन् । लुम्बिनीमा थोरै होटल छन् र भएका पनि सानो आकार र क्षमताका छन् । चिनियाँहरु आउँदा एकै समूहमा सयौँको सङ्ख्यामा आउन र भ्रमण गर्न रुचाउँछन् र उनीहरु एकै ठाउँमा बस्न रुचाउँछन् । तर पनि उनीहरुलाई पुग्ने ठाउँ नै छैन यहाँ । त्यसैले ठूलो समूहमा आउने र घुम्ने स्वभावका पर्यटकका लागि यहाँ होटल र अरु पूर्वाधारहरु पनि आवश्यक छ, त्यसको मैले कमी नै देख्छु ।”  

चोङको सुझाव छ “लुम्बिनी विश्वका बौद्धमार्गीहरुको अति पवित्र र आस्थाको केन्द्र हो । भगवान गौतम बुद्धको जन्मस्थल भएकोले बौद्धमार्गी मात्र नभएर लुम्बिनी विश्वकै पर्यटकको एक एउटा श्रद्धापूर्वक पुग्ने स्थान पनि हो । विश्वका हरेक नागरिकले जीवनमा कम्तीमा एक पटक लुम्बिनी पुग्न पाए हुन्थ्यो भन्ने इच्छा राखेकै हुन्छ । विश्वका बौद्ध दर्शनमा विश्वास गर्ने मानिसको चाहनाको त झन् कुरै भएन । हामीले नै अनुमान गरौँ न लुम्बिनी पुग्न चाहने विश्वको जनसङ्ख्या कति होला रु त्यसैले कुनै दिन त उनीहरु यहाँ आउने छन् भनेर नेपालले होटल मात्र होइन आवश्यक अरु पूर्वाधार पनि बनाउनुपर्छ । यसरी नेपालको समृद्धि पर्यटनका माध्यमबाट बढी सम्भव देखिन्छ ।”

लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका लागि चीन सरकारका निर्देशक चाङले लुम्बिनी चिनियाँ नागरिकको पनि अति पवित्र र सम्मानित पर्यटन गन्तव्य हो भन्नुहुन्छ । जीवनमा एक पटक लुम्बिनी पुग्न इच्छाएका चिनियाँ आफूले धेरै पाएको उहाँको अनुभव छ । नेपालमा चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणपछि नेपाल आउन चाहने चिनियाँको सङ्ख्या अझै बढेको आफूले पाएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ “नेपाल भ्रमणका बारेमा खोजीनीति गर्ने चिनियाँ नागरिकको सङ्ख्य झनै बढेको छ । नेपाल आउने अधिकांश चिनियाँको गन्तव्य लुम्बिनी भएकोले पनि यहाँ आउन धेरै चिनियाँ आतुर छन् भन्ने देखिन्छ ।” 

लुम्बिनी आउने चिनियाँ पर्यटकले आफ्नो संस्कृति र कला पनि त्यहाँ खोजेको हुन्छ । त्यसैगरी चिनियाँ पर्यटकहरुमध्ये कमैले मात्र अङ्ग्रेजी भाषा बुझ्न सक्छन् । यहाँ आएका पर्यटकलाई चिनियाँ भाषामा नै सहजीकरण गरिदिने र यहाँको बसाई अवधिका अन्य आवश्यक सहयोगहरु पुर्याउने विषयमा नेपाल सरकारले ध्यान दिन सकेमा अझै राम्रो हुने उहाँको सुझाव छ । त्यसैले चिनियाँ बौद्ध गुम्बाको तर्फबाट पनि नेपाल र चीनसम्बन्धी सांस्कृतिक आदानप्रदानको कामका लागि आफूहरुले पहल गरिरहेको उहाँले बताउनुभयो । यस्ता कुराहरुले यहाँ आउने विदेशी पर्यटकहरुको बसाई अवधि लम्ब्याउन, फेरि अर्को पटक पनि यहाँ आउन प्रेरित गर्ने उहाँको भनाई छ ।  

नेपाल चीनबीचको सम्बन्ध सदियौँ पुरानो र भावनात्मक रहेको उहाँ बताउनुहुन्छ । यी दुई देशबीच धेरै पुरानो सांस्कृतिक सम्बन्ध रहेका अनगिन्ती तथ्यहरु रहेका छन् उहाँ भन्नहुन्छ । चीनका बौद्धमार्गी नागरिक सबैलाई जीवनमा कम्तीमा एक पटक लुम्बिनी ल्याउन पाए हुन्थ्यो भन्ने आफ्नो उत्कट चाहना रहेको उहाँले सुनाउनुभयो । गएको करिब १० वर्षदेखि प्राय नेपालमै र बढी लुम्बिनीमा बस्दै आएका उहाँले दुई देशबीचको खासगरी सांस्कृतिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर काम गरेको बताउनुभयो । नेपालमा विसं २०७२ मा गएको भूकम्प तथा हाल जारी कोरोना महामारीमा उहाँको पहल र समन्वयमा चिनियाँ बुद्धिष्ट एसोसिएनका तर्फबाट ठूलो सहयोग प्राप्त हुदै आएको छ । 

चाङ भन्नुहुन्छ, “नेपाल विश्वकै अत्यन्तै राम्रो देश छ । नेपालका लुम्बिनी र सगरमाथाजस्ता सम्पदा विश्वका पर्यटकका आकर्षक गन्तव्य हुन् । यी अलौकिक सम्पदाबाट नेपालले लाभ लिन सक्नुपर्छ । पर्यटनको विकासलाई प्राथमिकतामा राखी आवश्यक पूर्वाधारहरु तयार गरिदिने हो भने नेपाललाई समृद्धिको बाटो तय गर्न धेरै सजिलो छ । यहाँ पूर्वाधार र प्रचार मात्र हुने हो भने चिनियाँ पर्यटकको त चिन्ता मान्नै पर्दैन ।”    

 

निर्देशक योङले गएको डिसेम्बरको अन्तिमतिर पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना महामारीमा नेपालले चीन सरकारलाई मास्क सहयोग गरेपछि चीन सरकार र चिनियाँ नागरिक निकै खुशी भएको आफूले पाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “हुनत त्यो सहयोग ठूलो थिएन तर त्यो सहयोगभित्र छिमेकीको माया लुकेको थियो ।” त्यसैले गर्दा पनि चीनले नेपाललाई यो महामारीबाट उम्किन सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “अप्ठेरो परेका बेला चीनले नेपाललाई र नेपालले चीनलाई सहयोग गरेको राम्रो विगत हामीसँग छ, हाल नेपालमा देखिएको महामारीको नियन्त्रणमा पनि चीनले सक्दो सहयोग गर्नेछ ।” 

त्यसैले चिनियाँ बुद्धिष्ट एसोसियसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाका तर्फबाट उहाँकै पहलमा नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गतहप्ता उहाँ काठमाडौँ आएर नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको थियो । उहाँले यो सहयोग नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराउनुभएको र उक्त सोसाइटीले व्यक्ति तथा सुमदायको आवश्यकताको आधारमा वितरण गरिने बताएको थियो । 

चोङयोङले चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र पाँच हजार जना बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । ठूलो परिमाणका ती सामग्री केही प्रदेश तथा स्थानीय सरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराइएको थियो । 

नेपाललाई समस्या परेका बेला चिनियाँ बुद्धिस्ट एसोसियसनको तर्फबाट सहयोग जुटाउँदै आउनुभएका उहाँको पहलमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको थियो । त्यस्तै भूकम्पका समयमा काठमाडौँ तथा देशका विभिन्न जिल्लामा पुगेर अप्ठेरोमा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरिएको थियो । 

ग्लोबल टाइम्स् पत्रिकाले सन् २०२० पछि नेपालमा धेरै पर्यटक बढ्ने पूर्वानुमानसहितको अनुसन्धान प्रतिवेदन कोरोना भाइरसको फैलावटकको केही अघिमात्र गरेको थियो । उक्त अनुसन्धानले नेपालबारे खोजी गर्ने चिनियाँको संख्या पहिले भन्दा १५ प्रतिशतले बढेको देखाएको थियो । नेपालले सन् २०२० मा आह्वान गरेको नेपाल भ्रमण वर्षमा तीन लाख चिनियाँ पर्यटकको आगमनको अनुमान गरेको थियो । त्यसपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमण र नेपालबारेको जानकारी खोज्ने चिनियाँको यो आँकडा हेर्दा नेपालले गरेको तीन लाखभन्दा बढी नै चिनियाँ भित्रिने अनुमान नेपालको थियो । तर अकस्मात फैलिएको अकल्पनीय कोरोना महामारीले गर्दा ठूलो मार हामीलाई नै परेको छ । 

पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बढ्दो छ । विसं २०७२ को भूकम्पपछि घटेका चिनियाँ पर्यटक सन् २०१८ मा १ लाख ५४ हजारले नेपाल घुमेका थिए भने सन् २०१९ मा त्यो भन्दा बढी छन् । सन् २०१९ मा १२ लाखभन्दा बढी विदेशी नेपाल घुम्न आएका र यो अघिल्लो वर्षको तुलनाभन्दा २५ प्रतिशतले बढी हो । बृद्धि भएकामा चिनियाँ नै बढी छन् । सन् २०१९ को पहिलो दुई महिनामै नेपाल आउने विदेशीको सङ्ख्या २४ प्रतिशतले बढेको थियो र त्यो बृद्धिको ठूलो हिस्सा चिनियाँकै थियो । नेपाल घुम्न आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको सङ्ख्या १४ प्रतिशत पुगेको छ, जुन भारतभन्दा एक स्थान मात्रै पछाडि हो ।

सरकारले अबको पर्यटनलाई धार्मिक र छिमेकी भारत र चीनमा केन्द्रित गर्दा अझ राम्रो हुन्छ । लुम्बिनीमा चिनियाँलाई अकर्षित गर्न सके नेपाललाई पर्यटकले खाँचो हुदैन । हाम्रा अलौकिक हिमाल, पर्वत र ट्रेकिङ चिनियाँहरुका लागि साहसिक गन्तव्यका रोजाई हुन् । त्यसैले हामीले सि चोङ योङले भनेजस्तै लुम्बिनी र सगरमाथाजस्ता अलौकिक सम्पदाहरुबाट बढी लाभ लिने गरी नीति र कार्यक्रम बनाउनु जरुरी छ ।