५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.18

Wind: 1.54

Humidity: 51

Latest
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते सर्वाेच्च अदालतले सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै महानगरले थाल्यो छलफल भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भिमादको जनज्योतिमा अनेरास्ववियुका भण्डारीको प्यानलै विजयी, गठबन्धनलाई हरायो काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन पोखरा बेलुन विष्फोट घटना : छानबिन समितिद्वारा प्रतिवेदन हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी आयोजना गर्दा पाकिस्तानलाई करोडौं घाटा ?



अ+ अ-

काठमाडौँ । पाकिस्तान क्रिकेटको समस्या बढ्दै गएको छ । च्याम्पियन्स ट्रफी प्रतियोगितामा निकै खराब प्रदर्शन गरेको टोलिमाथि अहिले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई समेत अप्ठेरो परेको खबर सार्वजनिक भएका छन् ।

एक रिपोर्टका अनुसार च्याम्पियन्स ट्रफी आयोजना गर्दा पीसीबीलाई ८५ मिलियन डलर (करिब ११ सय करोड रुपैयाँ) नोक्सान भएको छ ।

च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तान भएपनि भारतले प्रतियोगिता पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । फाइनल लगायत भारतका सबै खेल दुबईमा भएका थिए ।

पाकिस्तानी टोलीको प्रदर्शन पनि राम्रो रहेन र समूह चरणमै उसको यात्रा समाप्त भयो । पाकिस्तान उपाधि रक्षा गर्ने उद्देश्यले यस प्रतियोगितामा प्रवेश गरेको थियो ।

पाकिस्तान रहेको समूह ‘ए’ मा भारत, बंगलादेश र न्युजिल्याण्ड रहेका थिए । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने अर्को खेलमा भारतले उसलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको थियो ।

बंगलादेशसँगको खेल वर्षाका कारण रद्द भएको थियो, जसका कारण टोलीले प्रतियोगितामा एक खेल पनि जित्न सकेन । आयोजकका बाबजुद पाकिस्तानले आफ्नो घरेलु मैदानमा एउटा मात्र खेल खेल्न पाएको थियो किनभने उसको भारतसँगको खेल दुबईमा भएको थियो ।

पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि रावलपिण्डी, लाहोर र कराँचीका स्टेडियमहरू नवीकरण गर्न करिब ५८ मिलियन डलर (लगभग ८०० करोड रुपैयाँ) खर्च गरेको थियो ।

यो प्रारम्भिक बजेटभन्दा ५० प्रतिशत बढी हो । यसपछि पीसीबीले प्रतियोगिताको तयारीमा ४ करोड डलर खर्च गरे पनि त्यसको बदलामा आयोजना शुल्कको रूपमा ६ मिलियन डलर मात्रै पाएको थियो ।

जब यो टिकट बिक्री र प्रायोजनको कुरा आउँछ, आम्दानी एकदम कम थियो । यसका कारण पाकिस्तानलाई करोडौं रुपैयाँको नोक्सान भएको प्रतिवेदनमा दाबी गरिएको छ ।