१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून कार्यान्वयन गर्न चाहिने कार्यविधि, नियमावली समयमै बनाउन आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानूनहरुमा सुधार गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न खोज्नु आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँलेसरकारले कानून संशोधन गरेर लगानीको वातावरण सिर्जना गरेको बताउँदै अब कार्यविधिहरु ल्याउन ढिला गर्न नहुने बताउनु भयो । उहाँल निजी क्षेत्रले राखेका मागहरु कानून संशोधन गरेर सरकारले सम्बोधन गरेकोमा धन्यवाद दिनुभयो । उहाँले सरकारले कानून परिवर्तन गरेर आन्तरिक र वाह्य लगानीको वातावरण सिर्जना गरेको बताउनु भयो । निजी क्षेत्र र सरकारबीच एक अर्काबीच दोषारोपण गर्ने परिपाटी हुन नहुने बताउँदै उहाँले निजी क्षेत्र र सरकारबीच सहकार्य गरेर अघि बढ्नु जरुरीमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले राखेका धेरै मागहरु सरकारले कानून संशोधन गरेर सम्बोधन गरेको छ । कानून परिवर्तन गरेर आन्तरीक, बाह्य लगानीको वातावरण सिर्जना गर्ने काम सरकारले गरेको छ । यो माग धेरै पहिलादेखि निजी क्षेत्रले गरेको थियो । कानून अनुसार बन्ने कार्यविधि र नियमावली समयमै बन्यो भने छोटो समयमा नीजि क्षेत्रले धेरै काम गर्न सक्छौं भन्ने निजी क्षेत्रको विश्वास समेत रहेको छ ।’

स्रोतलाई एकै ठाउँमा राखेर उपयोग गर्नसके राम्रो प्रतिफल आउनसक्ने उहाँको भनाइ छ ।