२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताउनुभएको छ ।

गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गर्नुभएको थियो । उहाँको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ । यो योजनाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशङ्कालाई बढावा दिएको छ ।

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “होइन, मेरो त्यस्तो कुनै मनसाय छैन।”

यसको साटो उहाँले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने प्रतिज्ञालाई दोब्बर बनाउनुभयो । यसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्न सक्ने सम्भावनालाई अझ बढाएको छ ।

उहाँले भन्नुभयो, “अप्रिल २ हाम्रो देशका लागि मुक्तिको दिन हो । हाम्रो देशमा अर्बौं डलर आइसकेको छ र अप्रिल २ देखि ठूलो रकम आउँदैछ ।”