काठमाडौं । अछाममा खोलाले बगाउदा एकै घरका चारजनाको ज्यान गएको छ ।
अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।
उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीको भनाइ छ ।










