२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त

नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त भएका छन् । सैनिक प्रहरीले राणा र सिलवाललाई भ्रष्टाचार अभियोगमा गत जेठ पहिलो साता पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जंगी अड्डाले गठन गरेको समरी जनरल सैनिक अदालतले उनीहरूलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको हो । उपरथी सीताराम खड्काको अध्यक्षतामा उक्त अदालत गठन गरिएको थियो । अदालतले राणाले १ करोड ५२ लाख २७ हजार ३ सय रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७८ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उक्त रकम राणा र सिलवालबाट असुल गर्न भनिएको छ ।

उनीहरूले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर अदालतले गरेको छ । सोही प्रकरणमा सैनिक अदालतले प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सहसेनानी लक्ष्मीकान्त खनाल, सुबेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला सुनाइएको छ । प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिन भनिएको छ । महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन् ।

जंगी अड्डाले विभिन्न सैनिक अड्डाभित्र भइरहेका आर्थिक अनियमितता छानबिन गर्न गठन गरेको निगरानी संयन्त्र (ओभर साइट सेल) को गोप्य प्रतिवेदनका आधारमा राणा र सिलवाल अनुसन्धानमा तानिएका थिए । गोप्य भनिएको उक्त प्रतिवेदनले औंल्याएका अन्य सैनिक उच्च अधिकारीबारे छानबिन भइरहेको सैनिक उच्च स्रोतले जनाएको छ । भ्रष्टाचार छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा संयन्त्र गठन गरिएको थियो । प्रधानसेनापति कमान्ड मार्ग निर्देशन २०७५ अनुसार आकस्मिक रूपमा छानबिन गर्न संयन्त्र गठन भएको थियो ।

संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजन भएका दुई दर्जनभन्दा बढी अड्डामाथि छानबिन गरेको थियो । संयन्त्रले ती निकायमा आकस्मिक भ्रमण गरी विनियोजित रकम के कसरी खर्च भइरहेको छ भन्नेबारे अध्ययन र छानबिन गरेको थियो ।

उसले दिएको प्रतिवेदन कार्यान्वयन गर्दै प्रधानसेनापति थापाले अनियमिततामा संलग्न सैनिक अधिकारीलाई कारबाही थालेका हुन् । उपरथीको नेतृत्वमा गठित संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापतिलाई दिएको थियो । जंगी अड्डाले सैनिक उच्च अधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो । अन्नपुर्णपोष्ट दैनिक