४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरमाथि युनाइटेडको सहज जित, फुलहमसँग टोटेनहम पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा ३–० गोलले हराएको हो । युनाइटेडको जितमा रास्मस होलण्ड, अलेजान्ड्रो गर्नाचो र ब्रुनो फर्नान्डेजले गोल गरे ।

युनाइटेड २९ खेलबाट ३७ अंकका साथ तालिकाको १३ औं स्थानमा छ भने लेस्टर १७ अंकका साथ १९ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा टोटेनहमले हार ब्यहोर्यो । टोटेनहम फुलहमसँग २–० गोलले पराजित भएको हो । यता, घरेलु टोलिको जितमा खेलको ७८ औं मिनेटमा रोड्रीगो मुनिज र ८८ औं मिनेटमा रायन सेसेग्ननले गोल गरे ।

यो नतिजापछि फुलहम २९ खेलबाट ४५ अंकका साथ तालिकाको आठौं स्थानमा छ भने टोटेनहम ३४ अंकका साथ १४ औं स्थानमा छ ।