
काठमाडौँ । काराबाओ (इएफएल) कपको उपाधि न्युक्यासल युनाइटेडले जितेको छ ।
गएराति भएको फाइनल खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै न्युक्यासल च्याम्पियन बनेको हो । उपाधिसँगै न्युक्यासलले ७० वर्षको घरेलु उपाधि खडेरीको अन्त्य गर्यो ।
लण्डनको वेम्बली स्टेडियममा खेलको ४५ औं मिनेटमा डान बर्नले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल थप्र्दै अग्रता दोब्बर पारे ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा फेडेरिको चिसाले गोल फर्काएपनि लिभरपुलको हार टार्न सकेनन् ।