६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका प्राविधिकतर्फका दुई डिआइजीमा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका दुई जना प्रहरी नायब महानिरीक्षक ९डिआइजी०मा कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

गत बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएकामा दुवै डिआइजीमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । हाल दुवै जनाको सोही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारसम्म प्रधान कार्यालयभित्र मात्रै १ सय ५५ जनामा संक्रमण देखिएको छ भने प्रधान कार्यालयबाहेक काठमाडौं उपत्यकाका अन्य स्थानमा ३० जना प्रहरीहरूमा संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी, अइतबार साँझसम्म देशभर गरी ६ सय २० जनामा संक्रमण पुष्टि भएकामा २ सय ४० जना उपचारपछि निको भएर काममा फर्किएको र ३ सय ८० जना उपचाररत रहेको प्रहरी प्रवक्ता कडायतले जानकारी दिएका हुन् । राजधानी दैनिक