८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.54

Humidity: 83

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रायसिना डायलग २०२५ का लागि विश्व नेताहरू दिल्लीमा



अ+ अ-

एजेन्सी। विश्वभरका नेताहरू प्रमुख भू–राजनीतिक सम्मेलन रायसिना डायलग २०२५ मा भाग लिन नयाँदिल्ली आइरहेका छन् ।

आइतबार स्लोभेनियाका विदेशमन्त्री तान्या फाजोन, लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेल र पेरुका विदेशमन्त्री एल्मर सिएलर सल्सेडो तथा माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद यहाँ आइपुग्नुभयो ।

विदेश मामिलाका मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा एक पोस्टमा लेख्नुभयो, “रायसिना डायलग २०२५ का लागि थप आगमन ! भारतमा स्वागत छ, लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेल र स्लोभेनियाका विदेशमन्त्री तान्या फाजोन ।”

सम्मेलनमा भाग लिन माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद र पेरुका विदेशमन्त्री एल्मर सियलर सल्सेडो नयाँदिल्ली आइपुग्नुभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

एक्समा एक पोस्टमा उहाँले भन्नुभएको छ, “रायसिना डायलग २०२५ का लागि आइपुग्नुभएका हाम्रा सम्मानित पाहुनाहरूलाई बधाई ! घानाका विदेशमन्त्री स्यामुएल ओकुडजेटो अबलाकवा, पेरुका विदेशमन्त्री एल्मर सियलर सल्सेडो र माल्दिभ्स गणतन्त्रका पूर्वराष्ट्रपति मोहम्मद नाशिद नयाँदिल्लीमा न्यानो स्वागतका लागि आइपुग्नुभएको छ ।”

यसअघि क्युबाका उपप्रधानमन्त्री एडुआर्डो मार्टिनेज डिआज र घानाका विदेशमामिला मन्त्री स्यामुएल ओकुडजेटो अब्लाकावा रायसिना डायलगमा भाग लिन आइतबार आइपुग्नुभएको थियो ।

शुक्रबार नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवा रायसिना संवादमा भाग लिन दिल्ली आइपुग्नुभएको थियो । “रायसिना डायलग २०२५ का लागि नयाँदिल्ली आइपुगेपछि नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई हार्दिक स्वागत छ”, प्रवक्ता जयसवालले एक्समा एक पोस्टमा भन्नुभयो ।

विश्व समुदायले सामना गरिरहेको सबैभन्दा चुनौतीपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रायसिना डायलग भारतको प्रमुख भू–राजनीतिक र भू–आर्थिक सम्मेलन हो । यो मार्च १७–१९ मा दिल्लीमा आयोजना हुने तय गरिएको छ ।

विदेश मन्त्रालयसँगको साझेदारीमा अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले सम्मेलनको आयोजना गरेको हो । यस प्रयासलाई सम्मेलनको मिसनप्रति प्रतिबद्ध रहेका धेरै संस्था, सङ्गठन र व्यक्तिहरूले समर्थन गरेका छन् ।

“हरेक वर्ष, राजनीति, व्यापार, मिडिया र नागरिक समाजका नेताहरू नयाँदिल्लीमा विश्वको अवस्थाबारे छलफल गर्न र समकालीन मामिलाहरूको विस्तृत शृङ्खलामा सहयोगका अवसरहरू अन्वेषण गर्न भेला हुन्छन्”, ओआरएफले एक विज्ञप्तिमा भनेको छ, “यो संवाद एक बहु–सरोकारवाला, अन्तर–क्षेत्रीय छलफलको रूपमा संरचित छ । यसमा राज्यका प्रमुखहरू, क्याबिनेट मन्त्रीहरू र स्थानीय सरकारी अधिकारीहरू समावेश छन्, जसमा निजी क्षेत्र, मिडिया र शिक्षाविद्हरूका विचारशील नेताहरू सामेल छन् ।” रासस/एएनआई