६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरः चितवन जिल्लाका ६ पालिकामा निषेधाज्ञा जारी



अ+ अ-

चितवन । चितवनमा अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सक र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लाका ६ पालिकामा निषेधाज्ञा जारी गरिएको छ । चितवनमा कोरोना संक्रमतिको संख्या १९९ जना पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १२१, माडी नगरपालिकामा ४१, राप्ती नगरपालिकामा १५, रत्ननगरमा ९, खैरहनीमा ७ र कालिकामा पाँच जना कोरोना संक्रमति रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । इच्छाकामना गाउँ पालिकामा एक जना मात्र कोरोना संक्रमित छन् ।

चितवनमा साउन ९ गतेपछि परीक्षण जारी नै भए पनि संक्रमति भेटिएका थिएनन् । साउन २१ गते पछि कोरोना संक्रमतिको संख्या बढ्दै गएको हो । कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकामा शनिबारबाट भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । आइतबार माडी नगरपालिकाबाहेकका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि ५ भदौसम्मका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरिएको छ । चितवन जिल्लामा एकै दिन २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चिकित्सक र नर्सहरूसमेत छन् । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्स छन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा साउन ३१ गते शनिबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी, स्त्री रोग तथा प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेलसहित तीन चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि रत्ननगरमा रहेको रत्ननगर वकुल्हर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेलाई पनि कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

क्यान्सर अस्पताल भरतपुरले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमले साउन ३२ गते विज्ञप्ति निकालेर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ आउन थालेपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताएका छन् । आकस्मिक सेवा पनि ओपिडीबाट दिने तयारी अस्पतालले गरेको छ ।

संक्रमितसँग सम्पर्कमा आएकाको परीक्षण र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको कार्यकार निर्देशक डा। गौतमले बताए । शनिबार राति आएको रिपोर्टमा क्यान्सर अस्पतालको मात्रै आकस्मिक कक्षमा कार्यरत पाँच जना नर्समा कोरोना पोजेटिभ आएको थियो । योसहित सो अस्पतालमा १० जना नर्स र ७ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

क्यान्सर अस्पतालमा दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्छन् । वि.सं. २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् । सबै खाले अर्थात् कोरोना आशंकित, पुष्टि भएका र नभएकाहरूको उपचार एकै ठाउँमा हुनु नै कोरोना संक्रमण फैलनुको प्रमुख कारण देखिएको छ । त्यति मात्रै होइन, एउटै चिकित्सक वा नर्सले आशंकित, कोरोना भएका र नभएका बिरामीको उपचार गर्दा यो समस्या स्वास्थ्यकर्मीमा झन् बढी देखिएको छ । यतिसम्मकी स्वास्थ्यकर्मी खुलमखुला जताततै आफूलाई प्रस्तुत गर्ने गरका छन् ।

कोरोना संक्रमितको उपचारमा न्यूनतम सावधानी नअपनाउँदा उच्चतम खतरा देखिएको छ । उनीहरूको व्यवस्थापनमा अस्पतालले पनि ध्यान दिएको छैन। राजधानी दैनिक