२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा जुट्दै सरकार

शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा जुट्दै सरकार
अ अ+ अ-

काठमाडौँ। विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो । यसका लागि कक्षा १० सम्मकै विद्यार्थीले अध्ययन गर्ने सबै विषयको पाठ्यक्रमको भार घटाएर शैक्षिक सत्र खेर जान नदिने अभियानमा आफूहरू जुटेको जानकारी सरकारी अधिकारीले दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले पाठ्यभार घटाउने तथा यसैलाई नयाँ शैक्षिक क्यालेन्डरमा समेत मिलाएर अहिलेको शैक्षिक सत्र खेर जान नदिने गरी तयारी सुरु गरेको जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण कहिले अन्त्य हुन्छ भन्ने कुरा यकिनका साथ कसैले पनि भन्न नसकेको अवस्थामा विद्यार्थीको सिकाइ निरन्तर गर्न पनि शैक्षिक सत्रको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । विद्यार्थीले अध्ययन गर्ने एउटै कक्षाका कतिपय विषयवस्तु एक अर्को विषयसित मिल्ने भएकाले त्यसलाई मिलाएर अगाडि बढ्न सकिने र केही पाठ्यक्रम सङ्कुचन गर्नुपर्ने अवस्था आउने उनले जानकारी दिए । अहिलेको अवस्थामा कहिलेबाट शैक्षिक सत्र प्रारम्भ गर्न सकिन्छ भन्ने कुरा सङ्क्रमणका कारण भन्न नसकिएकाले अन्योल जस्तो देखिएको छ । ढिला गरी शैक्षिक सत्र सुरु गरिएको अवस्थामा अर्को शैक्षिक सत्रको एक/दुई महिना मिलाउनुपर्ने अवस्था आउने भएकाले चाँडै शैक्षिक सत्र सुुरु गर्नुुपर्ने प्रवक्ता शर्माको भनाइ छ । यो समस्याका कारण विश्वका कतिपय मुलुकका विद्यालय शिक्षा ठप्प भएको उदाहरण दिँदै नेपालमा भने शैक्षिक सत्र खेर जान नदिने हिसाबले प्रयास थालिएको बताए।

यसै साता मात्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यभार घटाउने र त्यसको तयारी गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए । सरकारको यो प्रयासलाई शिक्षाका सरोकारवालाले सकारात्मक रूपमा लिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) का महासचिव सुवास न्यौपानेले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । निजी विद्यालयले सम्भव भएसम्म अनलाइन शिक्षा प्रभावकारी बनाउन प्रयास गरेको तथा सामुदायिक विद्यालयले पनि रेडियो, टेलिभिजन लगायतको माध्यमबाट पठनपाठन अगाडि बढाएका कारण विद्यार्थीको सिकाइ उपलब्धि खेर जान दिन नहुनेमा उनको जोड छ ।

पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले हाल बनाइएको पाठ्यक्रम तथा प्रकाशित पाठ्यपुस्तकको मुख्य पक्ष यथावत् राखेर बाँकी भार कम गरेर अगाडि बढ्न सकिने बताए । एक विषयमा ८० घण्टाको हाराहारी पठनपाठन गराएर पनि विद्यार्थीको सिकाइ उपलब्धिमूलक बनाउन सकिने उनको भनाइ छ । पाठ्यपुस्तकमा रहेका महìवपूर्ण भाग पढाएर कम महìवका विषय छाड्ने गरी अगाडि बढ्नसके छोटो समयमा पढाएर पनि विद्यार्थीलाई जान्नैपर्ने कुरा सिकाउन सकिने उनको भनाइ छ । यसै साता मात्रै त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको थियो । गोरखापत्र दैनिक