
दाङ। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ । दाङको लमही क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ३२.४ ओभरमा सवै विकेट गुमाएर ११५ रन मात्र बनायो । एक सय १६ रनको लक्ष्य पछ्याउने क्रममा बागमती २२.५ ओभरमा ६७ रनमै समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापाले १५ र कप्तान देव खनालले १५ रन बनाए । बलिङतर्फ बागमतीका लागि गौतम केसीले ५.४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । सूर्य तामाङ र इशान पाण्डेले दुई दुई तथा रिजन ढकाल र सोनु देवकोटाले एक एक विकेट लिए ।
यसैगरी लुम्बिनी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए । आशुतोष घिरैयाले ११ तथा सुमन सुनारले ११ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि विप्रासन केसी र अजय चौहानले तीन तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले दुई दुई विकेट लिए ।
लुम्बिनीले हालसम्म चार खेल खेल्दा तीनमा जित निकालेको छ भने बागमतीले चार खेलमा एउटामा मात्र जित निकालेको छ । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको धानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही चैत १६ गतेसम्म चल्ने छ । रासस