४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको तेस्रो जित



अ+ अ-

दाङ। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ । दाङको लमही क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ३२.४ ओभरमा सवै विकेट गुमाएर ११५ रन मात्र बनायो । एक सय १६ रनको लक्ष्य पछ्याउने क्रममा बागमती २२.५ ओभरमा ६७  रनमै समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापाले १५ र कप्तान देव खनालले १५ रन बनाए । बलिङतर्फ बागमतीका लागि गौतम केसीले ५.४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । सूर्य तामाङ र इशान पाण्डेले दुई दुई तथा रिजन ढकाल र सोनु देवकोटाले एक एक विकेट लिए ।

यसैगरी लुम्बिनी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए । आशुतोष घिरैयाले ११ तथा सुमन सुनारले ११ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि विप्रासन केसी र अजय चौहानले तीन तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले दुई दुई विकेट लिए ।

लुम्बिनीले हालसम्म चार खेल खेल्दा तीनमा जित निकालेको छ भने बागमतीले चार खेलमा एउटामा मात्र जित निकालेको छ । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको धानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही चैत १६ गतेसम्म चल्ने छ । रासस