७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल



अ+ अ-

जनकपुर । सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको थियो ।

त्यसयता सशस्त्र प्रहरी बलले गत फागुनमा मात्र ३२४ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरेको जनाएको छ । साथै यही चैत २ गते ४५ क्यारेट सेतो अण्डा महोत्तरीमा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दै आएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको बताउनुभयो ।

भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता वस्तुका कारण व्यवसायमा समस्या भएको, भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।