४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे चम्किँदा रियल विजयी



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले भिल्लारियललाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

रियलको जितमा दुबै गोल किलियन एम्बाप्पेले गरे । खेलको सातौं मिनेटमा जुआन फोइथले गोल गर्दै घरेलु टोलि भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, १७ औं तथा २३ औं मिनेटमा एम्बाप्पेले दुई गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै रियल २८ खेलबाट ६० अंकका साथ शीर्षस्थानमा छ । पराजित भिल्लारियल ४४ अंकका साथ पाँचौं स्थानमा छ ।