२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

दिल्लीलाई ८ रनले हराउँदै मुम्बई दोस्रो पटक डब्लुपिएल च्याम्पियन बन्यो

दिल्लीलाई ८ रनले हराउँदै मुम्बई दोस्रो पटक डब्लुपिएल च्याम्पियन बन्यो
अ अ+ अ-

काठमाडौँ । मुम्बई इन्डियन्सले ३ वर्षमा दोस्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गरेको हो ।

दिल्ली लगातार तेस्रो पटक उपविजेता रह्यो । ब्रेबोर्न स्टेडियममा मुम्बईले ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । दिल्लीको टोलीले १४१ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान हरमनप्रीत कौरले महत्वपूर्ण समयमा अर्धशतक बनाएकी थिइन् । उनले नताली सिभर ब्रन्टसँग ८९ रनको महत्वपूर्ण साझेदारी पनि गरिन् ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सको सुरुवात खराब रह्यो । टोलीले १४ रनको स्कोरसम्म २ विकेट गुमाएको थियो । यहाँबाट कप्तान हरमनप्रीत कौर र नताली सिभर ब्रन्टले इनिङ्सलाई सम्हाले । तर, दुवैले निकै सुस्त ब्याटिङ गरे ।

८ औं ओभरपछि हरमनले ठूला सट खेल्न थालिन् । उनले १५ औं ओभरमा टोलीको स्कोर १०० भन्दा माथि पुर्याइन् । सोही ओभरमा नताली ३० रन बनाएर आउट भइन् । उनले हरमनसँग ८९ रनको साझेदारी गरिन् ।

हरमनले एक छेउमा इनिङ सम्हालिन् । उनको अगाडि अमेलिया केर २ र सजीवन सजना खाता नखोल्दै आउट भए । हरमन पनि ६६ रन बनाएर आउट भइन् । अन्त्यमा जी कमलिनीले १० रन, अमनजोत कौरले १४ रन र संस्कृति गुप्ताले ८ रन बनाएर टोलीको स्कोर १४९ पुगेको थियो ।

दिल्लीले ७ विकेट लिएको थियो । टिमका मारिजन कप, जेस जोनासेन र श्री चरानीले २–२ विकेट लिए । एनाबेल सदरल्याण्डले १ विकेट लिइन् ।

१५० रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सको सुरुवात पनि खराब रह्यो । टोलीले १७ रनमा २ विकेट गुमाएको थियो । टोलीले ६६ रनमा ५ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङ १३ रन, शेफाली वर्मा ४, जेस जोनासेन १३ र एनाबेल सदरल्याण्ड २ रन बनाएर आउट भएकी थिइन् ।

जेमिमाह रोड्रिग्वेजले टोलीलाई जित दिलाउन प्रयास गरिन् । तर उनी ३० रन बनाएर आउट भइन् । उनीपछि सारा ब्राइस ५, मिन्नु मणि ४ र शिखा पाण्डे खाता नखोल्दै आउट भए । मारिजन कपले ५ चौका र २ छक्का प्रहार गरे पनि उनी पनि ४० रन बनाएर प्याभिलियन फर्किएकी थिइन् ।

निक्की प्रसादले अन्तिममा टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिन् । तर उनको प्रयास असफल भयो । टोलीले ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो । मुम्बईका लागि नेट सिभर ब्रन्टले ३ तथा अमेलिया केरले २ विकेट लिइन् । शबनिम इस्माइल, हेली म्याथ्युज र साइका इशाकले १–१ विकेट लिए ।

डब्लुपिएल २०२३ मा सुरु भएको थियो । त्यसबेला पनि मुम्बईले फाइनलमा दिल्लीलाई हराउँदै उपाधि जितेको थियो । रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो सिजनको उपाधि जित्यो । अर्कोतर्फ दिल्ली क्यापिटल्स तीनै सिजन अंक तालिकाको शीर्ष स्थानमा रहे पनि तीनै पटक उपविजेता रह्यो ।