४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग बराबरीमा रोकियो सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोलिले खेलको ११ औं मिनेटमा एर्लिङ हालाण्डको गोलबाट सुरुवाती अग्रता लिएको थियो । २१ औं मिनेटमा पेर्भिस इस्टुपिनानले गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, ३९ औं मिनेटमा ओमार मार्मोसले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । तर, ४८ औं मिनेटमा सिटीले आत्मघाती गोल खान पुग्यो र खेल २–२ को बराबरीमा गयो । सिटीका डिफेन्डर अब्दुकोदिर खुसानोभले आत्मघाती गोल गर्न पुगे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले अंक बाँडे । यो नतिजासँगै सिटी २९ खेलबाट ४८ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ब्राइटन ४७ अंकका साथ सातौं स्थानमा छ ।