३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.12

Humidity: 31

Latest
‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राजश्व उठाएर खर्च धान्न सकस पर्यो, बजेट निर्माणमा अनुशासनतर्फ फर्कन विलम्व नगरौंः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उमा कुङफुमा बागमती टिम च्याम्पियन



अ+ अ-

काठमाडौँ। बागमती प्रदेशले सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सर्वाधिक १९ स्वर्ण जित्दै बागमती टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय उमा कुङफु संघको आयोजनामा चप्पल कारखानास्थित कुन्डलिनीमा भएको प्रतियोगितामा कोशी प्रदेश १३ स्वर्णसाथ दोश्रो भयो । तेश्रो स्थानको गण्डकी प्रदेशले ७ स्वर्ण जित्यो ।

प्रतियोगिताको पुरुषमा राकेश कुलुङ राई तथा महिलामा आरोनिया श्री उत्कृष्ट खेलाडी घोषित भएको आयोजक संघका अध्यक्ष सन्जितकुमार राईले जनाएका छन् । उत्कृष्ट दुवै बागमतीका हुन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्दै सीमित श्रोत र साधन बावजुद उमा कुङफु संघले आफ्नै पहलमा गरेको कार्यको प्रशंसा गरे । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतले उमा कुङफु संघका पदाधिकारीको टिम वर्क र क्रियाशिलताको सराहना गरे ।

उद्घाटनका अवसरमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल संघका अध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरलाई खेलकुद मन्त्री चौधरीले प्रशंसा पत्रसहित सम्मान गरेका थिए । सम्मानित तीनै अन्तर्राष्ट्रिय निर्णायक हुन् । सोही अवसरमा उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ पनि सम्मानित भए ।

विजेतालाई आयोजक संघका पदाधिकारीलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगिताको सान्डा, ताइची र प्याटर्नमा गरी जम्मा ३९ स्पर्धामा १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उपत्यका बाहिरका खेलाडीको खाना, बसोवास र यातायतको सुविधा आयोजकले व्यवस्थापन गरेको थियो ।