२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’



अ+ अ-

चितवन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गर्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही अध्यादेश पारि गरिबी निवारण  भइसकेका र अब सो अध्यादेश आवश्यकतानुसार पेस हुने बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “सरकारले कुनै न कुनै बाटोबाट ल्याउँछ । ६० दिन पुगे पनि अरू बाटाहरू पनि छन् । राष्ट्रियसभामा बहुमत पुग्नासाथ अध्यादेश पेस हुन्छ । सरकारले गरेका कामलाई सधँै नकारात्मक दृष्ट्रिले मात्रै हेर्न हुँदैन ।” उहाँले सरकार गरिब तथा सुकुम्वासीको समस्या समाधानका लागि काम गर्न तत्पर रहेको भन्दै फाइदा–बेफाइदा हेरेर धारणा बनाउँदा समस्या भएको जिकिर गर्नुभयो ।

मन्त्री अधिकारीले सहकारीसम्बन्धी समस्या समाधानका लागि ल्याएको अध्यादेश पारित भएर कानुन बन्ने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार सहकारीलाई नियमन गर्न लागेको छ । त्यहीअनुसार काम हुन्छ ।” फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले सरकारले विशिष्ट व्यक्तिहरूको सुविधाका विधिलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । रासस