३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.12

Humidity: 31

Latest
निजीकरण विधेयक सार्वजनिक संस्थानहरुलाई कौडिको भाउमा बेच्न ल्याइएको होइनः अर्थमन्त्री पौडेल ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताः आठ टोली फाइनलमा प्रवेश



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा आठ टोली फाइनलमा प्रवेश गरेका छन् ।

मादी नगपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन् । आज ओखरबोटे बजारको कभर्डहलमा भएको सेमिफाइनल खेलबाट पुरुष डबल भेट्रान्सतर्फ पोखराका विशाल खड्का, मोरङका उत्तम सिम्खडा र सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् ।

खुल्ला पुरुष डबलतर्फ उदयपुरका विनय चौधरी, मोरङका लाक्पा शेर्पा र सङ्खुवासभाका सुनिलजङ्ग कार्की भोजपुरका विशाल तामाङ फाइनल प्रवेश गरेका छन् । पुरुष डबस ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई, दिवन तामाङ र सङ्खुवासभाका सन्दीप भगत र गङ्गालाल श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । त्यसैैगरी, महिला डबल उदयपुरका रोजी राई, सृष्टि राई र इलामकी निशामहाङ्मा सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठ फाइनल प्रवेश गरेका छन् ।

‘विकास, अनुशासन र गतिशीलताका लागि पृथक पहिचान, मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका विभिन्न राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको नगरप्रमुख जीवन लिङ्थेपले बताउनुभयो । पुरुष डबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद रु ७५ हजार, रु ५० हजार र रु २०/२० हजार प्राप्त गर्नेछन् । पुरुष डबल भेट्रान्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी,  मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार, रु ३० हजार र रु १०/१० हजार प्राप्त गर्नेछन् ।

यस्तै, महिला डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ४० हजार, रु ३० हजार र रु १०/ १० हजार प्राप्त गर्नेछ । ब्याडमिन्टन प्रतियोगितामा ५९ वटा टोलीले सहभागी भएका आयोजकले जनाएको छ । आइतबार प्रतियोगिताको समापन खेल हुँदैछन् । रासस