१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता
अ अ+ अ-

काठमाडौँ: नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे ।

नेपालकै मिलन कुलुङ राईले २८ः१५ः२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८ः४७ः०६.२ सकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र  शेरले २० हजार रुपियाँ पुरस्कार पाए ।

एक सय किमी दौडमा विशाल राई १३ः२९ः०४ सकेन्ड समय लगार च्याम्पियन बने । सो इभेन्टमा गोपाल तामाङले १३ः३९ः०७ सकेन्ड र निरोज भट्टले १४ः१२ः३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे । एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७ः५८ः०५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८ः१५ः०५ सकेन्ड समय लगातार दोस्रो भइन् , फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गर्नुभयो । एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।

५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६ः४२ः२५ सकेन्ड) पहिलोे, लोकेन्द्र राई (०६ः४६ः३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सकेन्ड) तेस्रो भए । ५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दुरी ०७ः४६ः०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ०८ः१६ः०६ सकेन्ड र राज्यलक्ष्मीले ०८ः४०ः५२ सकेन्ड समय लगाए । यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

३० किमी दौडमा राजन मेयोङबा ३ः४३ः०३ सकेन्ड समय लगातार विजेता बने । युवक राज बुढा (४ः०३ः२२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सकेन्ड) तेस्रो भए । ३० किमी महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सकेम्ड समयमा दौड पुरा गरी च्याम्पियन बनिन्  कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए । कथेरिनाले निर्धारीत दुरी ०८:२४:०६ सकेन्डमा पूरा गरिन् । यसैगरी रीन्छेले ०८ः५३:०० सकेन्ड समय लगाए । यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार बने ।

१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत दृुरी पुरा गरे  यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्ड सहित तेस्रो भए । अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन् । सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे (१ घन्टा १६ मिनेट १ सकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घन्टा १८ मिनेट ४० सकेन्ड) तेस्रो भए । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए ।