२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ४२ प्रहरीसहित जिल्लामा एकै दिन ४६ जनामा कोरोना संक्रमण



अ+ अ-

चितवन । सशस्त्र प्रहरीको चितवन भण्डारास्थित गणका ४२ प्रहरीसहित जिल्लामा एकै दिन ४६ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालाले सोमबार राति थप संक्रमितको संख्या सार्वजनिक गरेको हो । प्रयोगशालाका अनुसार ३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० वटामा संक्रमण भेटिएको थियो । तीमध्ये राप्ती नगरपालिका–६ को प्रहरी क्वारेन्टाइनका दुई महिलासहित ४२ र भरतपुर महानगरपालिकाका चार महिला छन् ।

बाँकी मकवानपुरकी एक महिला, बाराका एक महिला र पुरुष तथा गोरखाकी एक महिला हुन् । उनीहरू भरतपुरकै अस्पतालहरूमा उपचार गराउन आएका बिरामी हुन् । चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो । सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना संक्रमित भइसकेका छन् । ‘पहिले आठ जनामा संक्रमण भेटिएपछि ६० जनाको स्वाब संकलन गरेर पठाएकोमा थप ४२ जनामा संक्रमण भेटियो,’ गणका प्रमुख डीआईजी मन्दिप श्रेष्ठले भने ।

अहिलेसम्म चितवनमा संक्रमितको संख्या २५५ पुगेको छ । भरतपुरको सरकारी अस्पतालमका बेडहरू भरिइसकेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताएका छन् । उनका अनुसार सोमबारसम्म मात्रै अस्पतालबाहिर ३० संक्रमित ‘होम आइसोलेसन’मा छन् । कान्तिपुर दैनिक