२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ४२ प्रहरीसहित जिल्लामा एकै दिन ४६ जनामा कोरोना संक्रमण



अ+ अ-

चितवन । सशस्त्र प्रहरीको चितवन भण्डारास्थित गणका ४२ प्रहरीसहित जिल्लामा एकै दिन ४६ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालाले सोमबार राति थप संक्रमितको संख्या सार्वजनिक गरेको हो । प्रयोगशालाका अनुसार ३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० वटामा संक्रमण भेटिएको थियो । तीमध्ये राप्ती नगरपालिका–६ को प्रहरी क्वारेन्टाइनका दुई महिलासहित ४२ र भरतपुर महानगरपालिकाका चार महिला छन् ।

बाँकी मकवानपुरकी एक महिला, बाराका एक महिला र पुरुष तथा गोरखाकी एक महिला हुन् । उनीहरू भरतपुरकै अस्पतालहरूमा उपचार गराउन आएका बिरामी हुन् । चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो । सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना संक्रमित भइसकेका छन् । ‘पहिले आठ जनामा संक्रमण भेटिएपछि ६० जनाको स्वाब संकलन गरेर पठाएकोमा थप ४२ जनामा संक्रमण भेटियो,’ गणका प्रमुख डीआईजी मन्दिप श्रेष्ठले भने ।

अहिलेसम्म चितवनमा संक्रमितको संख्या २५५ पुगेको छ । भरतपुरको सरकारी अस्पतालमका बेडहरू भरिइसकेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताएका छन् । उनका अनुसार सोमबारसम्म मात्रै अस्पतालबाहिर ३० संक्रमित ‘होम आइसोलेसन’मा छन् । कान्तिपुर दैनिक