८ पुष २०८२, मंगलवार
,
Latest
नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने



अ+ अ-

झापा। काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेलअघि शुक्रबार काँकडभिट्टाको खेलमैदानमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मुन्ना सुब्बाले आफ्नो टोली जित्नका लागि सक्षम रहेको दाबी गर्दै उपाधिलाई गृहनगरमै राख्ने बताउनुभयो ।

“घरेलु मैदान र समर्थकको फाइदा हामीलाई हुनेछ”, प्रशिक्षक सुब्बाले भन्नुभयो, “उपाधिलाई घरमै राख्ने लक्ष्य छ ।” काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले यसअघिका खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ गोलले र धरान एफसीलाई सडन डेथमा ५–४ गोलले पराजित गरेको थियो ।

चर्चब्वाइज युनाइटेडलाई यसै वर्ष झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि उचालिसकेको बलियो टोली मानिन्छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुने स्वीकार गरेता पनि आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

“जित्नलाई त जितिहालिन्छ”, उहाँले भन्नुभयो, “घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुन्छ । तर हामी उपाधिका लागि खेल्छौँ ।” उहाँले आफ्ना खेलाडी लगातारको खेलले थाकिरहेको बताउनुभयो । चर्च ब्वाइजले यसअघिको खेलमा झापा एफसीलाई सडन डेथमा ५–४ गोलले र मच्छिन्द्र फुटबल क्लबलाई ४–३ गोलले हराएको थियो ।

मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कारसमेत पाउनेछन् । खेल अवधिभरको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकर्ताले रु २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही रु २१ हजार र उदीयमान खेलाडीले रु १५ हजार पुरस्कार पाउने आयोजक समितिका असचिव राजु कार्कीले बताउनुभयो ।रासस