२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ताको न्यायका लागि उपभोक्ता अदालत : मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजार ‘उपभोक्ता अदालत गठन’ भएपछि उपभोक्ताको हकहितका लागि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘व्यवसाय र उपभोक्ताको मानवअधिकार, शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत’ विषयक अन्तरक्रियामा उहाँले ‘उपभोक्ता अदालत गठन’ भएसँगै संविधानको कार्यान्यन पनि हुने विश्वास व्यक्त गर्नुभयो ।

‘उपभोक्ता संरक्षण ऐन’ जारी भएको ६ वर्षपछि सरकारले ‘उपभोक्ता अदालत गठन’ गर्न लागेको उहाँको भनाइ छ । सो अदालतको भोलि (शनिबार) उद्घाटन हुने र आइतबारदेखि काम सुरु गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बजार अनुगमन भइरहेको भए पनि त्यसका लागि जनशक्ति अभाव रहेको छ, बजार अनुगमनका लागि जनशक्ति अभाव भएका कारणले सोचेजस्तो काम हुनसकेको छैन, उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको छ । तर कार्यान्वयनका लागि जनशक्ति अभाव छ ।”

सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो । तर ऐन जारी भएको लामो समयसम्म अदालत गठन हुन नसक्दा संविधानको उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन ।

उपभोक्ताले पनि आफू ठगिएको गुनासो लिएर जाने ठाउँ पाएका थिएनन् । तर, अब भने त्यो संविधानको धारा ४४ कार्यान्वयन हुनुका साथै उपभोक्ता आफू ठगिएमा उपभोक्ता अदालतमा जान सक्ने बाटो पनि खुलेको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता अदालतले आम रूपमा उपभोक्ताको हकहितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस