२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले अहिलेसम्म सार्वजनिक पदमा धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी व्यवस्थासहितको आयोग गठन गर्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचार निरुत्साहित गर्न राजनीतिक पार्टीको संरचना र कार्यप्रणालीमा सुधारको खाँचो औँल्याउँदै उहाँले भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म प्रभावकारी नियन्त्रण हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

महासचिव भुसालले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले रोजगारी र सुशासनका लागि अभियान सञ्चालन गर्ने लागेको जानकारी दिनुभयो ।

कृषि उत्पादन, उद्योग तथा व्यापार, पर्यटन तथा शिक्षा र स्वास्थ्यलगायत सेवाका क्षेत्रहरूको विकासका लागि यातायात, ऊर्जा, सिँचाइ, खानेपानी, टेलिफोन तथा इन्टरनेटजस्ता पूर्वाधार अनिवार्य हुने उल्लेख गर्दै उहाँले पूर्वाधारका क्षेत्रमा राज्यले गर्ने लगानीले रोजगारी र राष्ट्रिय आयमा गुणात्मक योगदान गर्ने बताउँदै उहाँले कृषियोग्य सबै भूमिमा सिँचाइका लागि पूर्व–पश्चिम नहर, उद्योग, यातायात र सबै क्षेत्रमा विद्युतीकरण गर्न सकिने गरी ऊर्जाको विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सडक तथा रेल यातायात, कृषि, उद्योग तथा पर्यटनका उत्तर–दक्षिण सडक सञ्जालको खाँचो औँल्याउँदै उहाँले पूर्वाधारको विकास गर्दा वातावरण तथा पर्यावरणको रक्षा तथा विकासलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महासचिव भुसालले मुलुकले लामो समयसम्म राजनीतिक अस्थिरता र अन्योलको अवस्था थेग्न नसक्ने भन्दै सरकारले यथाशीघ्र ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने तथा सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्न सहयोग पुर्याउने बताउनुभयो । रासस