३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद ज्ञानेन्द्रको आक्रोश: मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो?



अ+ अ-

काठमाडौँ। नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले आक्रोश व्यक्त गरेका छन्।

ज्ञानेन्द्र शाहीले भने आफ्नो स्वार्थ पुरा गर्न गणतन्त्र ल्याए दावी गरेका छन्।  हजारौ जनतालाई बलिदानमा चढाए र आफ्नो स्वार्थ पूरा भयो अनि देश खोक्रो बनाए । अझै पुगेन झुटो भ्रम फैलाउदै हिन्दै गरेको समेत बताएका छन्।

उनले ‘प्रचण्ड’ लाई सामाजिक संजालमा प्रश्न गरेका छन् ” प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो तपाईले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16 , Ak 47 ,LMG,SmG , SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? भने प्रश्न गरेका छन्।

साथै, भारतमा लुकेर राजनीतिक हिँसा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो? तपाईंले गर्यो ।विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको सचेतक शाहीले बताएका छन् ।