५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त



अ+ अ-

काठमाडौँ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उहाँलाई नियुक्त गर्नुभएको हो । डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गर्नुभएको छ ।

यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसक्नुभएकी डा पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।रासस