११ चैत्र २०८१, सोमबार
,
Latest
व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँः मन्त्री अधिकारी महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव लहानमा आधुनिक तरकारी बजार विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयोः मन्त्री भट्टराई धोनीले ०.१२ सेकेन्डमा स्टम्पिङ गरे, रोहित आईपीएलमा १८औं पटक शून्यमा आउट इजिप्ट र युरोपेली संघका शिर्ष कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै, यस्तो छ हेड–टु–हेड क्षयरोगको न्युनिकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन



अ+ अ-

ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले जनाएको छ । उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादका कारण भएको बन्दलगायत कारण यो वर्ष सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्छ । स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ ।