५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० क्रिकेटः हङकङद्वारा नेपाललाई १०५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । हङ्कङ्का लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।