काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई अस्पतालमा भर्ना गरिएको छ । कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनलाई मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।
दुई साता आइसोलेसनमा बसेका शाह गत साता मात्र नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । तर, थकान ज्यान दुख्ने लगायतका समस्या देखिएकाले उनलाई मंगलबार फेरी अस्पतालमा भर्ना गरिएको हो ।
५५ वर्षिय शाहको पछिल्लो समय स्वास्थ्य केही जटिल बनेको थियो । तर पनि उनले अस्पतालबाटै आफ्नो नियमित काम गरिराखेको थिए ।










