८ पुष २०८२, मंगलवार
,
Latest
एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय सरकारी टोलीद्वारा जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा कार्यालयको अनुगमन–फोटोफिचर प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रवि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व पारा एथ्लेटिक्स लङजम्पमा नेपालकी प्रभालाई रजत पदक



अ+ अ-

काठमाडौँ। नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन् ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको प्रशिक्षक विमला राना मगरले जनाएकी छन् । यो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो ।

लङजम्पसहित ३ स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा ४ सय मिटर दौडमा चौथो भइन् । प्रभाले बिहीबारै २ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । उक्त खेल नेपाली समय अनुसार ३ः१५ बजे हुनेछ ।