१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय झण्डा जलाएर ‘म्यूजिक भिडियो’ बनाउने समूहका इशाक लिम्बु पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एक जना पक्राउ परेका छन् । प्रहरीले  ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको हो । 

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार ललितपुरको नखिपोट घर भएका इशाकले सो भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए । सो समूहका अरु चारजना फरार छन् ।

मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ ।