१२ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले पृथ्वीमा ‘चन्द्रमा अवतरण’ गरायो



अ+ अ-

बेइजिङ । अन्तरिक्ष दौडमा उत्रिएका सबै देशको पहिलो मनसाय चन्द्रमामा अवतरण गर्ने नै हो । चीनले पनि आफ्नो यान चन्द्रमामा अवतरण गरेको छ र चाङ्गे ५ ले त ४० वर्षपछि चन्द्रमाबाट चट्टानको नमूना लिएर फर्किएको छ । अब चिनियाँ विज्ञहरूले पृथ्वीमा नै ‘चन्द्रमा’ बनाएका छन् । स्पष्टरूपमा यो वास्तविक चन्द्रमा होइन तर भविष्यमा मिसनहरूमा अन्तरिक्ष यात्रीहरू पठाउने तयारीका लागि बनाइएको विशेष डिजाइन हो। यसलाई बनाउने विज्ञहरुले पृथ्वीको गुरुत्वाकर्षण यहाँ ‘गायब’ हुने बताएका छन् ।

यो किन विशेष छ ?

डेलीमेलको रिपोर्टका अनुसार अहिले विमानलाई पृथ्वीमा कम गुरुत्वाकर्षण सिर्जना गर्न फ्रि–फलमा छोडिन्छ, त्यसपछि माथि चढाइन्छ वा टावरबाट खसालिन्छ। यद्यपि यसले केही मिनेटका लागि मात्र गुरुत्वाकर्षण घटाउँछ। नयाँ डिजाइनका विकासकर्ताहरूले भ्याकुम चेम्बर भित्र २ फिट कोठा बराबरको यो चन्द्र सिम्युलेटर लामो समयसम्म कम वा शून्य गुरुत्वाकर्षणमा रहन सक्ने बताएका छन्।
 
कसरी तयार गरियो ?

यो सानो ठाउँभित्र पनि चन्द्रमाको चट्टान र धुलो जस्तो दृश्य तयार गरिएको छ । उनीहरुको तौल पनि चन्द्रमामा रहेको धुलो र ढुङ्गा जत्तिकै राखिएको छ । 
चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको छैटौँ भाग बराबर छ। नयाँ डिजाइनभित्र कृत्रिम गुरुत्वाकर्षणको प्रभावबाट उत्तेजित देखाउन शक्तिशाली चुम्बकीय क्षेत्र प्रयोग गरिएको छ।

उडिरहेको भ्यागुताबाट आयो आइडिया 

टोलीले रुसी फिजिस्ट आन्द्रे गेइमबाट प्रेरणा लिएको थियो जसले चुम्बकीय क्षेत्रको सहायताले हावामा भ्यागुतालाई तैराएका थिए । चाखलाग्दो कुरा के छ भने गेइमलाई उनको प्रयोगका लागि पार्डी ‘आईजी नोबेल पुरस्कार’ पनि दिइयो। साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै गेइमले आफ्नो शैक्षिक प्रयोग आज अन्तरिक्ष अन्वेषणमा प्रयोग भइरहेकोमा खुशी व्यक्त गरे।

चन्द्रमामा बस्ने योजना 

योसँगै चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ । उसले रुससँग मिलेर चन्द्रमामा आधार निर्माण गर्न चाहेको छ । यस्तो अवस्थामा नयाँ सिमुलेटरले चन्द्रमाको वातावरण बुझ्न र सोहीअनुसार उपकरण तयार गर्न मद्दत गर्नेछ। धूलो र चट्टान पनि कम गुरुत्वाकर्षणका कारण पृथ्वीभन्दा फरक छन्। चन्द्रमामा वायुमण्डल छैन र त्यहाँको तापक्रम पनि तीव्र गतिमा परिवर्तन हुन्छ । नयाँ सिमुलेटरको प्रोटोटाइपमा वैज्ञानिकहरूले ड्रिल प्रतिरोधको परीक्षण गरेका छन्। यसको सहयोगमा चन्द्रमामा उपकरण बनाउन सकिने गरी थ्रीडी प्रिन्टिङको पनि परीक्षण गरिनेछ। एजेन्सी