१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यूठानमा मंगलबार  राति १२ बजेदेखि सार्वजनिक र निजी यातायात बन्द



अ+ अ-

प्युठान । प्युठानमा आज  राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
 
कोरोना संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वका समयमा  व्यक्तिको आवतजावत बढी हुने भएकाले यही भदौ १५ गतेसम यातायात बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।