१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण
अ अ+ अ-

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने ध्येयले २८ अगुवा किसानलाई नवीनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)ले, गाउँपालिका तथा वडाको समन्वयमा किसानलाई तरकारी खेती प्रणाली सम्वन्धि ज्ञान दिइएको हो ।

तालिमका सहभागी किसानलाई उन्नत जातको बीउ विजन, प्लाष्टिक टनेललगायतका कृषि सामग्रीसमेत वितरण गरिएको टेम्केमैयुङ ९ लखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । वडाका तरकारी खेती गरिरहेका किसानलाई नविनतम खेती प्रणालीको बारेमा ज्ञान प्रदान गर्न तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । किसानलाई अभ्यास गराएर नै खेती प्रणालीको विषयमा जानकारी दिइएको उहाँले बताउनुभयो ।“यहाँका धेरै किसानले तरकारी खेती गरिरहेका छन्”उहाँले भन्नुभयो,“किसानसँग तरकारी खेती प्रणाली सम्वन्धि जानकारी नहुँदा समस्या थियो । उनीहरुलाई तरकारी खेती प्रणालीको विषयमा ज्ञान दिएर व्यावसायिक बन्न थप प्रोत्साहन गर्न तालिम दिएका हौँ ।” यहाँका अगुवा किसानलाई पाँच दिने कार्यक्रम सञ्चालन गरेर तरकारी खेती प्रणालीको विषयमा व्यवहारिक ज्ञान दिएको हो ।

किसानलाई तरकारी तथा नगदेबालीको माध्यमबाट आर्थिक रुपमा सक्षम बनाउन गाउँपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले यहाँको भूगोल तथा माटो सुहाउँदो तरकारी तथा नगदेबालीको खेतीमा प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । “हामीले किसानलाई तरकारी तथा नगदेबालीको व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गरिरहेका छौँ”उहाँले भन्नुभयो,“गाउँपालिकाले प्राथमिकताका साथ कृषि र पर्यटनमा लगानी गरिरहेको छ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ ।”

किसानलाई नगदे तथा व्यावसायिक तरकारी खेतीसँगै बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन,जडीबुटी खेती, सुन्तला, कागती खेती लाग्न आवश्यक सहयोगसँगै सीप प्रदान गरिरहेको उपाध्यक्ष राईले बनाउनुभयो । परम्परागत रुपमा तरकारी खेती गर्दै आएको भएपनि तालिमबाट आधुनिक खेती प्रणालीको विषयमा जानकारी पाएको किसानहरुको भनाइ छ । तालिमसँगै कृषि सामग्री पनि पाएकाले भावी दिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न सहजता थपिएको स्थानीय किसान सत्यदेवी राईले बताउनुभयो । तालिमका क्रममा तरकारी खेती प्रविधिसँगै रोग, किरा तथा उपचार पद्धतिको विषयमासमेत जानकारी लिन पाएको उहाँले बताउनुभयो । “परम्परागत रुपमा तरकारी खेती गर्दै आएकी थिएँ”उहाँले भन्नुभयो,“आधुनिक तरकारी खेती प्रविधिको जानकारी नहुँदा धेरै समस्या थियो । तालिममा सहभागी भएर खेती प्रविधिसँगै तरकारीमा लाग्ने रोक, कीरा तथा त्यसको उपचार पद्धतिको विषयमासमेत ज्ञान पाएँ । यहाँ सिकेको सीपलाई सदुयोग गर्दै अवका दिनमा तरकारी खेतीलाई थप विस्तार गर्ने सोच बनाएकी छु ।” रासस