१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

25.54°C

काठमाडौं

25.54°C

Kathmandu

Feels-like: 24.65

Wind: 4.41

Humidity: 19

Latest
भारतीय अन्तरिक्ष मिशन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ? सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च जिपको ठक्करबाट वृद्धको मृत्यु नेकपा एसबाट आन्दोलनको घोषणाः सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, अन्तरक्रिया गर्नेसम्म–पूर्णपाठसहित ‘होस्टेल ३’ले पहिलो हप्तामा कति कमायो ? उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

होलीले समुदायलाई एकताबद्ध बनाउन सघाउँछ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फागु अर्थात् होलीले पर्वले समुदायलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताउनुभएको छ ।

होलीको शुभकाना दिँदै अध्यक्ष दाहालले रंगहरुको पर्व होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्ने बताउनुभएको हो । उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको समेत शुभकामना सन्देशमा लेख्नुभएको छ ।

उहाँले भन्नुभएको छ– ‘प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सास्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन । हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन । समुदायलाई एकताबद्ध गर्न सघाउँछन । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन ।’

आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ ।