४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिकोलाई पेनाल्टीमा हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै रियल अन्तिम आठमा पुगेको हो ।

एट्लेटिकोको घरेलु मैदानमा खेलको पहिलो सुरुवाती मिनेटमा नै कोनोर गालाघेरले गोल गर्दै घरेलु टोलिलाई १–० को अग्रता दिलाएका थिए । उक्त गोलसँगै समग्रमा खेल २–२ को बराबरी हुन पुग्यो । त्यसपछि निर्धारित र अतिरिक्त समयसम्म पनि खेल बराबरी भएपछि टाईब्रेकरमा गएको हो ।

पेनाल्टी सुटआउटमा रियलका किलियन एम्बाप्पे, जुड बेलिङहम, फेडेरिको भाल्भर्डे र एन्टोनिओ रुडिगरले गोल गरे भने लुकास भाज्क्वेजले मिस गरे ।

यता एट्लेटिकोका अलेक्जान्डर सोर्लोथ र एंगेल कोरीआले गोल गर्दा युलियन अल्भारेज र मार्कोस लिओरेन्टे गोल गर्न चुके । यो नतिजासँगै एट्लेटिकोको च्याम्पियन्स लिग यात्रा यहीँ सकिएको छ भने रियलले क्वाटरफाइनलमा आर्सनलको सामना गर्नेछ ।