काठमाडाैंः काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि भदौ १० गतेसम्मका निषेधाज्ञा जारी हुने भएकाे छ ।
काेराेनाभाइरसकाे संक्रमण एकाएक बढेसँगै राजधानीका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले यस्ताे निर्णय गरेका हुन् ।
सरकारले मन्त्रिपरिषदकाे निर्णयबाट निषेधाज्ञा जारी गर्न सक्नेगरी स्थानीय प्रशासनलाइ अधिकार प्रत्यायाेजन गरेकाे थियाे ।
यो आदेश जारी भएपछि अत्यावश्यक नपरी बाहिर निस्कन पाइने छैन। यो आदेश एक प्रकारको कर्फ्यु जस्तै हुने बताइएको छ ।
याे पनि पढाैं