४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान रोहितसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा, अन्य कुन–कुनमा परे ?



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।

ग्रेड ए मा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा परेका छन् ।

ग्रेड बी मा करण केसी, कुशल भुर्तेल, गुलसन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।

यस्तै, ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।