१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री थापा पुगे बाजुरा, बाढी पहिराे पीडितलाइ राहत वितरण



अ+ अ-

बाजुरा । गृहमन्त्री रामबहादुर थापाले बाजुरामा साउनको अन्तिम साता बाढी पहिरोबाट क्षति पुगेको क्षेत्रको मंगलबार स्थलगत अवलोकन गर्नुभएको छ ।

साउन २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो गएको क्षेत्रको अवलोकन तथा प्रभावितलाई राहत वितरण पनि गरिएको छ ।

बाढी र पहिरोबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई राहत वितरण गरिएको गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले जानकारी दिनुभयो ।

बाढी र पहिरोबाट विस्थापित भएका १०० बढी परिवारलाई खाद्यान्नसहित अन्य अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

यसैगरी गौमुल गाउँपालिका–२ सिमका ५० परिवारलाई बाल्टिन, अन्य भाडाकुँडा, खाद्यान्नलगायत सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो पीडितलाई वितरण गरिएको छ ।

मन्त्री थापासँग प्रतिनिधिसभाका बाजुरा सदस्य लालबहादुर थापा, पूर्वउद्योगमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलगायतका टोली प्रभावित क्षेत्र पुगेका थिए।