३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजतन्त्र ल्याउँछु भन्नु असम्भव’



अ+ अ-

उदयपुर। नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताउनुभएको छ ।

आज यहाँ पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरणगर्दै उहाँले फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उहाँको भनाइ थियो ।

“हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँं”, उहाँले भन्नुभयो, “हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ ।”

नेपाली जनताको चेतना धेरैमाथि उठिसकेकाले उहाँले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले कटारीका सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।रासस