२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत



अ+ अ-

काठमाडौँ। सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको छ ।

सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज आयोजना गरेको ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनःनिर्माणको प्रगतिको अवस्था विषयक छलफलमा सो जानकारी दिइएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना प्रमुख सुनिलकुमार ठाकुरले भवनको वित्तीय प्रगति पनि २० प्रतिशत भएको जानकारी दिनुभयो । “अदालतमा मुद्दा पर्नु, ठक्का रद्ध हुनु लगायतका चुुनौतीका कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न पनि चुनौती छ,” उहाँले भन्नुभयो, “आयोजनाको काम तीव्र रूपमा अगाडि बढाउनका लागि हामीले चार ओटा सिसी क्यामरासमेत जडान गरेका छौँ ।”

भवनको रेट्रोफिटिङ कार्यका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग ठेक्का स्म्झौता भएको थियो । विसं २०८२ मङ्सिर ६ गते आयोजनाको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो । आयोजनाको लागत करिब रु ३९ करोड रहेको छ ।

सांसदहरूले आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी अगाडि बढाउन निर्देशन दिनुभएको थियो । समितिका सभापति मायाप्रसाद शर्मा लगायतका सांसदहरूले भवनको अवलोकन गर्नुभएको थियो । रासस




भर्खरै