६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ को भर्ना कहिले ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिए । उनले भने, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ ।

विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यसबाट झन्डै पाँच लाख विद्यार्थीले आफ्नो शैक्षिक सत्र निर्धारित समयमै सक्ने झिनो आशा अझै बाँकी रहेको छ । साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि अब शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क गरिएको छ । गौतमले कक्षा ११ का विद्यार्थीको हकमा शैक्षिक समस्या नहुने बताए । भाइरसको जोखिमका कारण अब दुई तीन महिना ढिला नै कक्षा सुरु भए पनि कक्षा ११ मा अध्ययन गर्र्ने विद्यार्थीलाई कुनै समस्या नहुने उनको भनाइ छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको त शैक्षिक सत्र सदुपयोग गर्ने हिसाबले छलफल भइरहेको छ भने कक्षा ११ का विद्यार्थीको हकमा समस्या नहुने जानकारी दिए।

यस पटक ११ मा भर्ना हुने विद्यार्थीले नयाँ कक्षामा यसै शैक्षिक सत्रबाट लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ । सरकारले यसअघि नै नयाँ शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिसकेको छ । सरकारले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको भर्ना, अभिलेखीकरण लगायतका निर्णय भदौ १५ गतेपछि गर्ने भएको छ । कोरोना भाइरसका कारण भदौँ १५ गतेसम्म भर्ना लगायतका सबै प्रक्रिया रोकिएकाले त्यसपछि मात्रै सरकारले निर्णय गर्ने जानकारी निर्देशक गौतमले दिए। बढ्दो सङ्क्रमणका कारण विद्यार्थीको भर्ना कहिले सुरु हुन्छ भन्ने यकिन गर्न नसकिए पनि केही महिना चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तत्काल विद्यार्थी भर्ना नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्नसमेत विद्यालयलाई खुला गर्न नसकिने सरकारले स्पष्ट गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी दुई तीन सातासम्म विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ । यसपछि बल्ल विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले आगामी जेठ असारमा विद्यालयले स्वयंले विद्यार्थीको परीक्षा लिने भएकाले विद्यार्थीका लागि अध्ययन गर्ने समय पुग्ने बताए ।

११ को नतिजा आएपछि कक्षा १२ मा
यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले अब कक्षा १२ मा जानुअघि नै कक्षा ११ उत्र्तीण गरेको हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीलाई कक्षा ११ उत्तीर्ण भएको परीक्षाफल दिएपछि मात्रै कक्षा १२ मा लैजान मिल्ने गरी नयाँ प्रावधान बनाइएको जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिए । गोरखापत्र दैनिक