
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भएका छन् । आचार्यलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गर्नुभएको हो ।
अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल आचार्यले सम्हाल्नुहुनेछ ।
महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा पराजित भएका आचार्यलाई महासंघ अध्यक्ष ढकालले कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको थियो ।
हाल महासंघको विधानअनुसार ३ कार्यकाल केन्द्रिय सदस्य भएअनुसार आचार्यलाई अध्यक्ष ढकालले कोषाध्यक्षमा मनोनित गर्नुभएको हो ।
यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी रहेकामा उहाँको सदस्यको १८ महिने कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।