१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भएका छन् । आचार्यलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गर्नुभएको हो ।

अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल आचार्यले सम्हाल्नुहुनेछ ।

महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा पराजित भएका आचार्यलाई महासंघ अध्यक्ष ढकालले कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको थियो ।

हाल महासंघको विधानअनुसार ३ कार्यकाल केन्द्रिय सदस्य भएअनुसार आचार्यलाई अध्यक्ष ढकालले कोषाध्यक्षमा मनोनित गर्नुभएको हो ।

यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी रहेकामा उहाँको सदस्यको १८ महिने कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।