६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday
Latest
पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल, के कुरा भयो ? सञ्चारिका समूहको निर्वाचनमा उम्मेदवार बनेका प्रेस चौतारीका चार जना कारबाहीमा आगामी बजेटका लागि उद्योगी–व्यवसायीको २३ बुँदे सुझाव जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिइने टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरगत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चयन भएका छन् छन् ।

प्राप्त आंकडा अनुसार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्वसम्मत चयन हुनेमा पहिलो स्थानमा छ ।

३२ स्थानमा अनेरास्ववियुका स्ववियु अध्यक्ष निर्विरोध चयन भएका छन् ।

यस्तै, नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएका छन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।

स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

तालिकामा हेर्नुस् अनेरास्ववियुबाट निर्विरोध चयन भएका स्ववियु अध्यक्षहरूः

नेविसंघबाट स्ववियु अध्यक्ष सर्वसम्मत भएका क्याम्पसहरूः

१. पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङ
२. एकताप्पा बहुमुखी क्याम्पस, इलाम
३. गोकुण्डेश्वर क्याम्पस, धनकुटा
४. लम्पान्तर बहुमुखी क्याम्पस, सिन्धुली
५. चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक
६. मंगल जन विजय क्याम्पस, काभ्रेपलाञ्चोक
७. कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक
८. इन्द्रेश्वर क्याम्पस, काभ्रेपलाञ्चोक
९. प्रकाश बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक
१०. पार्वती बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक
११. मालुङगा बहुमुखी क्याम्पस, स्याङ्जा
१२. चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी
१३. मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी
१४. रुरु संस्कृत विद्यापिठ, गुल्मी
१५. जनज्योत बहुमुखी क्याम्पस, गुल्मी
१६. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी
१७. रेसुंगा बहुमुखी क्याम्पस, गुल्मी
१८. महेन्द्र बहुमुखी क्याम्पस, दाङ
१९. चुरे क्याम्पस, बर्दिया
२०. सदाशिव बहुमुखी क्याम्पस, बर्दिया
२१. कपुरकोट बहुमुखी क्याम्पस, सल्यान
२२. श्री चन्र्देव हिरा सरेन्द्र पूर्ण क्याम्पस, मुगु
२३. मनश्वरार भूमुखी स्यापुस, हुम्ला
२४. गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत
२५. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम
२६. अपिनाम्पा क्याम्पस, दार्चुला
२७. राष्ट्रिय क्याम्पस, दार्चुला
२८. श्रीकृष्ण बेजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुर

अखिल (क्रान्तिकारी) बाट निर्विरोध चयन भएकाहरु स्ववियु अध्यक्षहरु:

१. जुगल ब क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ –प्रदीप श्रेष्ठ
३. नेत्रावती बहुमुखी क्याम्पस धादिङ – अभिषेक थपलिया
४. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी
५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी
६. सिंजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य
७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरापुर क्याम्पस, दार्चुला – जानकी टमटा
१०. श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ
११. सञ्जिवनी क्याम्पस, काभ्रे –दिपक रानामगर
१२. प्रभा बहुमुखी क्याम्पस , काभ्रे– सुजन चौलागाई
१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
१४. बनगाढ क्याम्पस, सल्यान – जिवन विष्ट
१५. भाषा क्याम्पस धनकुटा – सरोज थापा
१६. सिद्दीपृथ्वी जनता क्याम्पस , दाङ – सुदिप चौधरी
१७. सिम्रुतु क्याम्पस त्रिवेणी , रुकुम पश्चिम – दिपेन्द्र ओली
१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
१९. लिकु संयुक्त क्याम्पस , डोल्पा – राजेन्द्र गिरी
२०. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गाबहादुर मगर