६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको बुङगलमा पहिरो गयो, २ बेपत्ता ४ जना घाइते



सांकेतिक तस्बिर
अ+ अ-

बझाङ । लगातारको बर्षासँगै बुङगल नगरपालिका ५ मिडीमा गएराती १ः१५ बजे पहिरो गएको छ । पहिरोमा परी २ बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् । जस मध्ये एक जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ३ जनाको उद्धार गरिएको छ भने बेपत्ता २ जनाको खोजी भइरहेको छ । प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन् । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ बर्षका टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाइते भएका छन् ।

घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन् । राजधानी दैनिक