१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना, जनआन्दोलन भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना, जनआन्दोलन भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी
अ अ+ अ-

काठमाडौँ । शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएको हो ।

अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले निर्णायक चरणको आन्दोलन जनआन्दोलन भन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी दोस्रो दिनको धर्नाअन्तर्गत नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयमा धर्नामा छौँ । यही दलबाट प्रधानमन्त्री पनि हुनुहुन्छ । अब नेपाली शिक्षक, कर्मचारीहरुले यो अन्तिम चरणको आन्दोलनको रुपमा अघि बढाइरहेका छौँ । यसपछि रिले अनसनमा जान्छौँ । चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन हुन्छ, देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आएर जनआन्दोलन भन्दा ठूलो आन्दोलन शिक्षक, कर्मचारीले गर्दैछौँ । त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दछौँ । कि जितिन्छ, कि बितिन्छ त्यो मानसिकताबाट हामी आन्दोलनमा छौँ ।’

कि जितिन्छ, कि बितिन्छ भन्ने मानसिकताबाट आफूहरु अघि बढिरहेको बताउनु भयो । उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।