१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

३२ लाख ६५ हजार नेपाली ‘टुजी’मा रमाउँदै

३२ लाख ६५ हजार नेपाली ‘टुजी’मा रमाउँदै
अ अ+ अ-

काठमाडौँ । ३२ लाख ६५ हजार नेपाली टुजी’ मा रमाउने गरेको पाइएको छ । विश्व दुनियाँ ‘सिक्स जी’मा रमाइरहेका बेला नेपालमा भने टुजी’ प्रयोग गर्ने प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०८१ को वैशाखमा १४ लाख ७१ हजार टुजी’ प्रयोगकर्ता रहेकोमा माघसम्म आइपुग्दा ३२ लाख ६५ हजार प्रयोगकर्ता पुगेका छन् । वैशाखदेखि माघसम्म मात्रै टुजी’ का प्रयोगकर्ता १७ लाख ९३ हजारले थपिएको तथ्यांकले प्रष्ट देखाउछ ।

माघसम्मको तथ्यांक हेर्ने हो भने नेपालमा टुजी भन्दा थ्री जी चलाउनेहरुको संख्या कम छ । यो अवधिमा ९ लाख २० थ्री जीका प्रयोगकर्ता छन् भने फोर जीका प्रयोगकर्ता २ करोड ५१ लाख प्रयोगकर्ता छन् । विश्वमा दु्रत गतिको मोबाइल इन्टरनेट ‘फाइभ जी’ को व्यावसायिक सेवा शुरु भएको पाँच वर्ष बितिसकेको छ ।

दूरसञ्चार प्राधिकरणका अधिकारीहरुका अनुसार टुजी प्रयोगकर्ता नेपालको ग्रामिण भेगमा धेरै रहेको बताएका छन् । प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले शहरी भेगमा भन्दा नेपालको ग्रामिण भेगमा टुजीका प्रयोगकर्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो–शहरी भेगमा टुजी प्रयोगकर्ता त्यति धेरै छैनन् । ग्रामिण भेगका मोबाइलहरुमा टुजीको प्रयोग अझै गर्ने गरेको पाइयो । टुजीपछिको प्रििवधका बारेमा आम सर्वसाधारण सचेत छन तरपनि भूगोलका कारण प्रविधिको पहुँच पु¥याउन केही प्राविधिक समस्या आएका हुनसक्छन ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्यान्डमा सञ्चालन भइरहेको टुजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । कम्पनीले यसै आर्थिक वर्षभित्रमा टुजी सेवा बन्द गर्ने योजना छ । प्रविधिमा समुन्नत कतिपय मुलुक छैटौं पुस्ताको (सिक्स जी) सेवाका लागि जुटिरहँदा नेपालमा फाइभ जीकै व्यावसायिक सुरुवात कहिले हुन्छ भन्ने टुंगो छैन ।

अहिलेकै कानूनी तथा नीतिगत व्यवस्थामा फाइभ–जी सेवा अपग्रेड गर्दा भौतिक पूर्वाधार, फ्रिक्वेन्सी लगायतका विषयमा सेवा प्रदायकको लागत बढ्न जाने उनीहरु बताउछन । यद्यपी फाइभ–जी को सन्दर्भमा भने प्राधिकरणले नयाँ शुल्क तय गरिसकेको छैन । तर, प्रविधि अपग्रेड गर्दा लाग्ने लागत अनुपातमा आम्दानीमा वृद्धि हुने सम्भावना सेवा प्रदायकले कम देखेका छन् ।

फाइभ–जीमा जान राज्यको नीतिमै परिवर्तन हुनुपर्ने उनीहरूको माग छ । सरकार वा दूरसञ्चार प्राधिकरणले फाइभ–जी को विषयमा स्पष्ट नीति घोषणा गरिनसकेको कारण उनीहरू ‘पर्ख र हेर’को अवस्थामा समेत रहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । दूरसञ्चार प्राधिकरणले २०७७ चैतमै नेपाल टेलिकमलाई फाइभ जी परीक्षण गर्ने अनुमति दिएको थियो । परीक्षणका लागि प्राधिकरणले बढीमा एक वर्षसम्मका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी टेलिकमलाई निःशुल्क उपलब्ध गराएको थियो ।

परीक्षणमा प्रयोगकर्तालाई निःशुल्क फाइभ जी चलाउन दिनुपर्ने, परीक्षण अवधि सकिएपछि फ्रिक्वेन्सी फिर्ता लिने, परीक्षणका लागि स्वीकृति दिएको तीन महिनासम्म पनि उपकरण आयात र जडानको प्रगति नदेखिए प्राधिकरणले स्वीकृति फिर्ता लिनसक्ने जस्ता प्रावधानसहित फाइभ जी कार्यविधि बनाइएको थियो । नेपाल टेलिकमले दुई वर्षपछि पनि फाईभजीको अध्ययन जारी रहेको बताउँदै आएको छ । औपचारिक रुपमा यसबारे बोल्न नमाने पनि कम्पनीका अधिकारीहरु अनौपचारिक कुराकानीमा कहिलेबाट फाइभ जी शुरु हुन्छ यकिन नभएको बताउछन् ।