१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बगाएर अछाममा १७ बेपत्ता दुईको मृत्यु



अ+ अ-

डोटी । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । 

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीपहिरोेमा परी बाजुरामा दुई जनाको मृत्यु

बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
 
त्यसैगरी सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभएको छ । पहिरोमा परी घरको सबै सामान नष्ट हुनुका साथै दुई बाख्रासमेत च्यापिएको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।
     
त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । घट्ट पिस्न गएको समयमा बड्डीगढ नदी बढेर गएसँगै मृत्यु भएको हो । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् । ती महिलाको शव खोलाको तीरमा भेटिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताए ।

बेवारिसे शव फेला

जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा एक जनाको बेवारिसे शव फेला परेको छ । आज बिहान एक वृद्धाको बेवारिसे शव फेला परेको र सो शव सडेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । 

शव पूर्णरूपमा सडेका कारण कसको हो भनी पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभएको छ । सोही क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–६ लाटुबस्ती बस्ने ६० वर्षीया मानसिक सन्तुलन गुमाएकी धनसरा लुहार गत साउन २९ गतेदेखि हराएकाले शव उनकै हुनसक्ने आशङ्का गरिएको स्थानीयवासीले बताएका छन् । सडेको अवस्थामा फेला परेको शव पहिचान गर्न आफन्तलाई बोलाएको प्रहरीले बताएको छ । हिजो रातिको अविरल वर्षासँंगै खोलामा बाढी आएर खोलाको तीरमा सो शव फेला परेको प्रहरीले जनाएको छ । कोल्टीको नुरी हुँदै आएको बाढीले कोल्टी आसपासका क्षेत्रममा ठूलो धनजनको क्षति पुर्याएको छ ।