५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाद्वारा राष्ट्रकवि घिमिरेप्रति श्रद्धान्जलि



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद धिमिरेप्रति श्रद्धान्जलि अर्पण गरेका छन् । उनले स्वर्गीय घिमिरेलाई निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व भन्दै  घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

पूर्वराजा ज्ञानेन्द्रले देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काव्यकृति सदा पठनीय र मननीय छन् भनेका छन् । उहाँको निधनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा उनले व्यक्त गरेका छन् । उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । 

राष्ट्रकवि घिमिरेको हिजो मंगलबार निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।